एसियन गेम्स : बास्केटबल छनोट वैशाख तेस्रो साता

लोकपथ
14
Shares

काठमाडौं । १९औँ एसियन गेम्स (एसियाड) का लागि नेपाल बास्केटबल संघले महिला बास्केटबल (थ्री बाई थ्री) राष्ट्रिय टिमको प्रारम्भिक छनोट गर्ने भएको छ ।

बुधबार संघका कार्यबाहक अध्यक्ष भीमसिंह गुरुङले वैशाख १७ र १८ गते राखेप सेमिइन्डोर कभर्डहलमा खेलाडी छनोट कार्यक्रम रहेको जनाए । ‘हामी यु-२३ को लङ नेम छनोट गर्न गइरहेको छौं,’ उनले लेखेका छन् ।

आगामी सेप्टेम्बरमा चीनको होन्जोउ सहरमा आयोजना हुने एसियाडमा समावेश भएसँगै बास्केटबल संघले खेलाडी छनोट गर्न लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?