सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

लोकपथ
2k
Shares

काठमाडौं । सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

सरकारले आगामी जेठ १ गतेदेखि लागू हुनेगरी सो निर्णय गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

सरकारको निर्णयअनुसार बिहान ९ः३० बजेबाट साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय समेत गरेको छ । सरकारको निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ ।

‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरि बिहान ९ः३० बजे साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने’, सरकारले जारी गरेको निर्णयमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?