विप्लवको पार्टीमा रडाको : सुदर्शन र धर्मेन्द्रले बोलाए बैठक

लोकपथ
63
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कारबाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षले केन्द्रीय समिति बैठक बोलाएका छन् ।

स्थानीय निर्वाचनलाई लिएर नेकपा विभाजन भएसँगै चैत पहिलो साता बसेको केन्द्रीय समिति बैठकमा विप्लवले चुनाव उपयोग गरेर जाने प्रस्ताव पेश गरेका थिए । तर, बैठकमा ओली र बास्तोला पक्षले बैठकमा जान नहुने मत राखेका थिए । नेता कार्यकर्ता जेलमा हुने झूटा मुद्दा बोकेर कार्यकर्ता चुनावमा भाग लिन नसकिने भन्दै ओली र बास्तोला पक्ष विप्लवको प्रस्तावको विपक्षमा उभिए ।

केन्द्रीय समितिमा बहुमत पुगेमा विप्लव सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई कारवाही गरेर जाने स्थिति समेत हुन सक्ने ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?