जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

लोकपथ
91
Shares

कास्की । पोखरा महानगरपालिका–२ अर्चलबोटमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राम बहादुर पुनको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार ७ सय ३० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?