ओलीले जनता झुक्याउन घोषणापत्रमाथि मनगढन्ते टिप्पणी गरे : नेता पौडेल

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता झुक्याउन कांग्रेसको घोषणापत्रमाथि मनगढन्ते टिप्पणी गरेको बताएका छन्।

सामाजिक सन्जाल फेसबुकमा उनी लेख्छन्, ‘कांग्रेस घोषणापत्रको बारेमा ओलीको मनगढन्ते टिप्पणी जनता झुक्याउन र लाज छोप्न रचिएको निन्जा टेक्निक हो। राजनीतिक मर्यादाको सामान्य हेक्का नराखी खर्चिएका शब्द कुण्ठाका पराकाष्टा हुन्, आफ्नो सरकारले गरेका काण्डहरुलाई जति बचाउ गर्छन् उति नाङ्गिदै जान्छन् । सस्ता कुराले रक्षात्मक बनाउँछ।’

राजनीतिक मर्यादाको सामान्य हेक्का नराखी खर्चिएका शब्दहरु कुण्ठाको पराकाष्टा भएको बताउँदै नेता पौडेलले ओलीले आफ्नो सरकारले गरेका काण्डहरुलाई जति बचाउ गर्यो उति नाङ्गिदै जाने पनि जिकिर गरेका छन्।

उनले ओलीले कांग्रेसको चुनावी घोषणा पत्रमाथि गरेको टिप्पणीलाई मनगढन्ते, जनता झुक्याउन र लाज छोप्न रचिएको ‘निन्जा टेक्निक’को संज्ञा समेत दिएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?