नाङ्गो तस्वीरमा साथीले नै गरिन् बार्गेनिङ, यसरी बाहिरियो कर्तुत !

काठमाडौँ सामाखुसी बस्ने प्रिया खड्का (२२) नाम परिवर्तन । त्यतिबेला नराम्ररी झस्किइन् । जतिबेला उनको काभ्रे जिल्लास्थित आफन्तले फोन गरेर म्यासेन्जरमा आउन भने । र तत्कालै उनको नाङ्गो तस्बिर पठाए । र म्यासेज लेखे, ‘तँ आजबाट हाम्रा लागि मरिस् ।’

भएको के थियो ? 
महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा भेटिएकी खड्का काठमाडौँको एक नाम चलेको कलेजमा साईन्स विषयमा प्लस टु गरिरहेकी छात्रा हुन् ।

कलेज आउजाउका क्रममा उनका धेरै साथीहरु बनेका थिए ।

मध्यम वर्गीय परिवारकी प्रियाको सपना डाक्टर बन्ने थियो ।

किनकी उनकी आमा भाई जन्माउन नसकेर प्रसव व्यथामा छट्पटाउँदा छट्पटाउँदै भगवान्को प्रिय भएकी थिईन् ।

त्यसबेलादेखि डाक्टर बन्ने सपना बुनेकी प्रियाले ७३ सालको एसएलसी परिक्षामा ८८ प्रतिशत ल्याएकी थिईन् ।

उनलाई कलेजले स्कलरसिप प्रोग्राममा राखेको थियो ।

 अर्थात् उनका बालाई झोलाभरि पैसा ल्याएर कलेजमा खन्याउन पर्दैनथ्यो । 

यस वर्षको नतिजा उनकै पक्षमा आयो अर्थात् फेरिपनि उनी प्रथम नै भईन् । 

सामाजिक सञ्जालले मोडेको बाटो….  
मंगलबारको दिन थियो ।

माछामासु नखाने बार भएकोले उनी किचनको खोपाखोपाबाट आएको मासुको गन्ध छल्न छततिर टहलिँदा एउटा फ्रेन्ड रिक्वेस्ट आउँछ ।

उनी प्रोफाइल चेक गर्छिन् एउटा नर्सको एप्रोन लगाएको प्रोफाईल पिक्चरवालीको फ्रेन्ड रिक्वेस्ट ।

प्रोफाईलमा उनको बारेमा ‘सि मोर ईन्फरमेसन’ हेर्दा थाहा भयो उनी अस्ट्रेलियामा बसोबास गर्ने नेपाली हुन् । 

सिमोन । 

२४ वर्षकी केटी ।

नर्सिङमा ईन्टर्नसिप गरिरहेकी । 

म्युजिकल्ली, ह्वाट्स एप, भाईबर, स्काईप, ईमो, टिन्डर, ईन्स्टाग्राम, ट्विटर, सबतिर चकाचक केटी । 

नोटिस हुने किसिमको व्यक्तित्व । 

सिमोन र प्रिया अब साथी भए । 

त्यो रिक्वेस्ट …. !
‘साथी बनेपछि त्यति पनि गर्दिनस् है !’ सिमोन उताबाट बोली । 

‘ओ माई गड ! तँलाई किन मेरो ‘न्याकेड फोटो पठाउने ल चित्त बुझ्ने कारण दे ? फस्र्टमा ।’ प्रिया हाँस्दै भनी । 

उनीहरु साथी बनेको ४ महिना पुग्न लागेको थियो ।

करिब चार महिनाको अवधिमा प्रिया र सिमोन यति धेरै क्लोज भए कि उनीहरु खाँदा, हाँस्दा, कलेज टाईम, ब्रेक टाईम, समय मिलाई मिलाई एक अर्कासँग खुल्थे । अथवा यो भन्दा जायज होला खुल्न चाहन्थे ।

प्रियालाई सिमोनको ‘कियरिङ’ शैली औधी मनपथ्र्यो । 

सिमोन चाहिँ ‘तँ बिना मर्छु’ भन्थी । 

उनीहरु एक अर्कासँग सहमत भए । अर्थात् सिमोन र प्रियाले आ आफ्नो नाङ्गो तस्बिर एक अर्कालाई पठाए । 

मोबाईलको क्यामेरामा कैद भएका तस्बिरमा उनीहरु निर्वस्त्र थिए । 

पूराका पूरा निर्वस्त्र । कुनै फोटोमा उनीहरुले हातले आफ्ना लाज ढाकेका थिए त कतै मुख छोपेका । 

भर्खरका किशोरीहरु । 

ईन्टरनेट अनलाईनका माध्यमबाट आफूमा आएको शारीरिक तथा मानसिक परिवर्तन के हो भनेर झटपट सर्च गर्न सक्ने मात्रै । 

आफ्ना उमेरका बाहेक अरु मान्छेहरु मन नपर्ने स्वभावका उनीहरु क्रमिक रुपमा खुल्दै गए । 

प्रियाको ग्यालरीमा सिमोनका २७ ओटा न्याकेड फोटोहरु भेटिए । 

सिमोनलाई उसले जम्माजम्मी १४ ओटा फोटो पठाएकी रहिछन् ।

 हामीहरु यति खुल्यौँ कि थाहा छैन । किन कसरी के कहाँ कस्तो रुपमा हाम्रो विचार मिल्न थाल्यो । 

प्रिया भन्छिन्, सिमोनले पुरुषभन्दा बढ्ता महिलालाई मन पराउँथिन् । उनले यो कुरा मलाई शुरुकै भेटमा भनेकी थिईन् । 

यस्तो थियो घटना 
जब सिमोन प्रियाबीच पटकपटक कुराकानी भयो ।

उनीहरुले आफ्ना सबै कुराहरु एक एक गरी सेयर गर्दै गए ।

‘३ महिनामा चाईल्डहुडदेखि एसएलसी अनि प्लस टु सबै कुरा सकिए ।

अनि हामीले ईमेजमा ‘कम्पीटिसन’ गर्न थाल्यौँ ।’ प्रियाको बयानबाट यही बुझिन्छ । 

प्रहरीलाई उनले मोबाईलमा भएका आफ्ना ‘न्याकेड तस्बिर’ ‘स्वाइप’ गर्दै देखाइन् । 

सिमोन केटी होइन भन्दा …. 
सिमोन जन्मजात केटी हुन् तर हुर्कंदै जाँदा उनले महसुस गरिन् कि उनी केटीप्रति नै आकर्षित छिन् ।

खेल्दा ।

नाँच्दा ।

च्याट गर्दा र आफ्ना कुरा भन्न र सुन्न उनी केटीलाई मात्रै रुचाउँछिन् ।घुम्दा ।

उनी त चाहन्छिन् पूरा जिन्दगी नै केटीसँग व्यतीत गरौँ । हो , ‘लेस्वियन’ थिइन् उनी, त्यसैले उनी प्रियाको न्याकेड फोटो पटकपटक माग्न थालिन् ।

जब १४ फोटो पठाएपछि प्रिया अरु न्याकेड फोटोको लागि असमर्थ भई तब यी दुईको बीच बोलचाल बन्द भयो । 

सम्बन्धमा दरार आयो ।

सिमोनले नयाँ ब्ल्याकमेलिङको उपाय रचिन् ।

प्रियाका आफ्ना मान्छेहरुलाई 'म्युचुअल ' फ्रेन्ड बनाईन् र फटाफट प्रियालाई चिन्छौ ? भन्दै उनका फोटोहरु पठाउन थालिन् । त्यसपछि यो घटना सतहमा आएको हो ।

 पिडादायी पलहरु….. 
त्यसपछि प्रियाले खान छोडिन् ।

केही आफन्तले त जंगलको नाम सुझाउँदै झुण्डिएर मर्न भने ।  आफ्नै बाले पनि थाहा पाएर ‘आमा भएको भए तेरो कारणले झुण्डिएर मर्थी अलच्छिनी’ भने ।

उनलाई चिन्ताले सताउनसम्म सतायो ।

हरेक घण्टा आफन्तले तंैले यो हदसम्म बिगारिस् भन्दै आएका फोनले उनलाई बिझाउन थाल्यो ।

केही आफन्तले त जंगलको नाम सुझाउँदै झुण्डिएर मर्न भने । 

आफ्नै बाले पनि थाहा पाएर ‘आमा भएको भए तेरो कारणले झुण्डिएर मर्थी अलच्छिनी’ भने ।

कलेजमा कानेखुसी चल्यो ।

चिनेजानेका सबै प्रियासँग खनिए ।

आफ्नाहरु टाढिएपछि अन्तिममा उ प्रहरीकोमा गएकी थिई । 

प्रहरीले लामो समय लगाएर अनुसन्धान गरेपछि मात्रै सबै कुरा थाहा भयो । 

अहिले पनि घटना र यसको अनुसन्धान टुङ्गिसकेको छैन । 

४ महिनाको कहालीलाग्दो घटनाक्रम भुलेर प्रिया क्रमिक रुपमा  पहिलेको अवस्थामा आईरहेकी छिन् । 

अहिले पढाइलाई निरन्तरता दिएर सपना साकार पार्ने अठोटसहित अघि बढिरहेकी छिन् । 

*****
प्रविधिको बढ्दो प्रयोगसँगै नयाँ नयाँ समस्याहरु सिर्जना हुँदै गएको प्रहरीको अनुसन्धान र प्राप्त भएका उजुरीले देखाउँछ ।

हिजोआज कथाजस्ता लाग्ने घटना फेसबुक र सामाजिक सञ्जालबाटै हुने गरेको छ । यसको शिकारमा स्कुले उमेरका केटाकेटीदेखी कलेज पढ्ने यूवायूवतीसम्म फसेका छन् ।   यो एउटा दलदल हो ।

हिजोआज कथाजस्ता लाग्ने घटना फेसबुक र सामाजिक सञ्जालबाटै हुने गरेको छ ।

यसको शिकारमा स्कुले उमेरका केटाकेटीदेखी कलेज पढ्ने यूवायूवतीसम्म फसेका छन् ।  

यो एउटा दलदल हो । त्यसैले अघिल्लो आर्थिक वर्षभन्दा समग्रमा साईबर क्राइमसम्बन्धि घटना काठमाडौँमा मात्रै ३० प्रतिशतले बढेको छ ।

सामाजिक सञ्जालबाटै साथी बन्ने र केहि समयमा नजिकिने, भेट्ने, अंकमाल गर्ने विवाह गर्ने  र दोस्रोपटक नसोची डिभोर्स दिने परिपाटि बढेको छ । 

***  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?