स्याङ्जामा ट्रयाक्टरको चक्काले च्यापिँदा एक जनाको मृत्यु

लोकपथ
42
Shares

स्याङ्जा । स्याङजाको हरिनास गाउँपालिका–१ भुटियाखोलामा गएराति ट्रयाक्टरको चक्काले च्यापिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्याङजाकै हरिनास गाउँपालिका १ सालडाँडाका अन्दाजी ६५ वर्षीय बुद्ध भुजेल रहेका छन् ।

भुटियाखोलाबाट ढुङगा लोड गरी सालडाँडातर्फ जाँदै गरेको ना ६ त १८१९ नम्बरको ट्रयाक्टरबाट भुजेल अचानक खसेका थिए ।

गएराति ११ बजे भएको घटनामा संलग्न चालक फरार रहेकाले खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?