बारामा ट्रक र जिप ठोक्किँदा एक जनाको मृत्यु

लोकपथ
84
Shares

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिकै गएराति ट्रक र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिपचालक कलैया उपमहानगरपालिका–१५ बकुल्हारका २५ वर्षिय अजय सहनी रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति पौने १० बजे लु २ ख १९४२ नम्बरको ट्रक र ना ५ च २८७३ नम्बरको जिप ठोक्किएका थिए ।

दुवै सवारीसाधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी चौकी पथलैयाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?