चुनाव आउन अब १६ दिन बाँकी : कुन दलबाट कति उम्मेदवारी ? (सूचीसहित)

लोकपथ
168
Shares

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन आउन अब १६ दिन बाँकी छ । आयोगले तोकेको समयसीमाअनुसार वैशाख ११ र १२ गते उम्मेदवारहरुले विभिन्न पदमा उम्मेदवारी दिइसकेका छन् ।

सो क्रममा हालसम्म १ लाख ५० हजार ४ सय ९४ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

कुल ३५ हजार २ सय २१ पदका लागि हुने निर्वाचनमा उम्मेदवारी परेको हो ।

जसअनुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका प्रमुखमा ३ हजार ४ सय ६६, गाउँपालिका अध्यक्षमा ३ हजार ३ सय ७८ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी महानगर, उपमहानगर र नगरपालिकाको उपमेयरमा २ हजार १ सय ३६ र गाउँपालिका उपप्रमुखमा ३ हजार ३ सय ९२ जनाको उम्मेदवार परेको छ । त्यस्तै वडाध्यक्षमा ३४ हजार ९ सय ४३, महिला सदस्यहरुमा २६ हजार ६३ जना, दलित महिला सदस्यमा २३ हजार ४ सय ७० र वडा सदस्यहरुमा ५४ हजार ६ सय ४६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

जसमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडाध्यक्षहरुमा सबैभन्दा बढी नेकपा एमालेबाट उम्मेदवारी परेको छ

आयोगको विवरणअनुसार प्रमुख पदमा एमालेबाट २८८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, अध्यक्ष पदमा ४४६ जनाको उम्मेदवारी दर्ता भएको देखिएको छ । सो दलबाट उपप्रमुख र उपाध्यक्षमा क्रमशः २८३ र ४४५ उम्मेदवारी परेको छ ।

त्यस्तै एमालेबाट वडा अध्यक्ष पदमा ६ हजार ४६८ जनाको उम्मेदवारी दर्ता भएको आयोगको तथ्याङ्क छ । त्यस्तै, सत्तारुढ दल नेपाली कांग्रेसबाट प्रमुख पदमा २६३ र अध्यक्षमा ३८२ जनाको उम्मेदवारी परेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा २४८ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदका लागि २९१ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट प्रमुख पदमा १ हजार ३७६ र अध्यक्ष पदमा १ हजार २४ जनाको उम्मेदवारी परेको आयोगको लगत छ ।

उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दल माओवादी केन्द्रलाई उम्मेदवारी दर्तामा उछिनेको छ । उपप्रमुखमा राप्रपाबाट २२७ उम्मेदवारी परेको छ भने नेपाली कांग्रेसबाट २१० उम्मेदवारी परेको देखिएको छ । सोहीअनुसार उपाध्यक्ष पदका लागि कांग्रेसबाट ३५९ जनाको उम्मेदवारी परेको छ भने माओवादी केन्द्रबाट सोही पदमा ३१४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै, वडा अध्यक्षमा एमालेबाट ६ हजार ४६८, कांग्रेसबाट ६ हजार ७७, माओवादी केन्द्रबाट ४ हजार ३८५ र स्वतन्त्रबाट ५ हजार ८३१ जनाको उम्मेदवारी परेको छ । सोहीअनुसार महिला सदस्यका लागि एमालेबाट ६ हजार ३१८, कांग्रेसबाट ५ हजार ९९६, माओवादी केन्द्रबाट ४ हजार १०७, राप्रपाबाट २ हजार ८९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै, दलित महिला सदस्यका लागि एमालेबाट ६ हजार ११२, कांग्रेसबाट ५ हजार ७३१, माओवादी केन्द्रबाट ३ हजार ८३५, राप्रपाबाट १ हजार ६३३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, सदस्य खुलाका लागि एमालेबाट १२ हजार ६७०, कांग्रेसबाट ११ हजार ९३४, माओवादी केन्द्रबाट ८ हजार ५३८ र राप्रपाबाट ४ हजार ६३० जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रमुख पदमा अन्यबाट १ हजार २९१, अन्यबाट अध्यक्षमा १ हजार २३५, अन्यबाट उपप्रमुखमा १ हजार २१, अन्यबाट उपाध्यक्ष ९१३, अन्यबाट वडा अध्यक्ष १२ हजार १८८, अन्यबाट महिला सदस्य ७ हजार ५५७, अन्यबाट दलित महिला सदस्य ६ हजार १६०, अन्यबाट खुला सदस्य १६ हजार ८८६ जनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?