नेकपाले कानूनमन्त्री शेरबहादुर तामाङलाई फिर्ता बोलायो

नेकपाले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई सरकारबाट फिर्ता बोलाएसँगै नेताहरुबीच भानुभक्त ढकाललाई मन्त्री बनाउने विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको एक सचिवालय सदस्यका अनुुसार  ढकाललाई मन्त्री बनाउने तयारी गरिएको छ ।

तत्कालीन एमालेका नेता ढकाल मोरङ क्षेत्र नम्बर ३ मा संघीय संसदमा निर्वाचित प्रतनिधि हुन् । 

बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राका बारेमा अमर्यादित अभिव्यक्ति दिएपछि  विवादमा तानिएका कानुमन्त्री तामाङलाई नेकपाले फिर्ता बोलाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?