पाकिस्तानमा आगामी वर्षको मे भन्दा अगाडि निर्वाचन नहुने

लोकपथ
7
Shares

काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले सन् २०२३ को मे अगाडि निर्वाचन गर्न नसक्ने जनाएको छ । पाकिस्तान तेहरिक–इ–इन्साफका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री इमरान खानले मध्यावधि (अर्ली) निर्वाचनको माग गरिरहेका र निर्वाचन नहुन्जेल सडक प्रदर्शन गर्ने चेतावनी दिइरहेका बेला निर्वाचन आयोगले आगामी वर्षको मेसम्म निर्वाचन गर्न नसकिने जनाएको हो ।

पाकिस्तानमा नयाँ जनगणना केही सातापछि सुरु हुन लागेको र त्यसको नतिजा आएपछि मात्र निर्वाचन गर्न सकिने आयोगले संकेत गरेको छ ।

सातौँ जनगणना १ अगस्टबाट सुरु हुने र त्यसको नतिजा यस वर्षको ३१ डिसेम्बरसम्ममा आउने योजना, विकास र विशेष पहल मन्त्रालयबाट १८अप्रिलमा पत्र प्राप्त गरेको आयोगले एक विज्ञप्तिमा उल्लेख गरेको छ । तसर्थ, नयाँ जनगणनाको आधारमा निर्वाचन गराउन आफू संवैधानिक रूपमा बाध्य हुने आयोगले प्रष्ट पारेको छ ।

यसअघि सन् २०१७ मा जनगणना भएको थियो । शहबाज खान नेतृत्वको वर्तमान सरकारले भने चुनावबारे केही बताएको छैन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?