नेपाली फिल्मलाई दर्शकको खडेरी लागेको हो?

काठमाडौं । यतिबेला नेपाली फिल्म क्षेत्र सुनसान छैन भन्ने हो भने सुनसान छ । सुनसान छ भन्ने हो भने फिल्म रिलिज भएकै छन् ।

फिल्म क्षेत्रमा भटाभट फिल्म रिलिज भइरहेका छन् । उस्तै परे सातामा दुईदेखि तीनवटा फिल्म रिलिज भइरहेका छन् । तर, रिलिज भएका कुनै पनि फिल्मले राम्रो व्यापार गर्न सकेका छैनन् । यो वर्षको शुरुवाती समय हेर्ने हो भने फिल्मले निकै नै अत्यासलाग्दो व्यापार गरेका छन् ।

हल्ला एकातिर होलान् तर व्यापारिक रुपमा कुनै पनि फिल्म बलिया छैनन् ।

आखिर किन यस्तो खडेरी लागेको हो त नेपाली फिल्ममा? कतिपयले त नेपाली फिल्म क्षेत्र पनि राजनीति र देशको परिवेशअनुसार बढ्ने भएकाले अहिले फिल्म नचलेको बताउँछन् । कतिपयले भने फिल्म नै राम्रा बन्न नसक्दा फिल्मप्रति वितृष्णा बढेको बताउँछन् ।

यसैबीच रिलिज भएका केही विदेशी फिल्मले राम्रो व्यापार गर्नु तर नेपाली फिल्मले राम्रो व्यापार गर्न नसक्नुले त के झल्काउँछ भने फिल्म भटाभट डुब्नुको कारण नेपाली फिल्मकै कमजोरी हो ।
केही समयअघि रिलिज भएको बलिउड फिल्म ‘सन्जू’ ले नै करोडौं कमायो । तर, नेपाली फिल्मलाई भने पैसा कमाउन धौ धौ परेको छ ।

निर्माताले के बुझ्न जरुरी छ भने, अब फिल्म हल्लाको भरले मात्र चल्नेवाला छैन । फिल्म चल्न पहिले पैसा नै राम्रो हुनुपर्छ । यदि त्यसो हुँदैनथ्यो भने त त्यत्रो प्रचार पाएको प्रदीप खड्काको लिलीबिली र बोबीले त कमसेकम आफूलाई सुरक्षित गर्नुपर्ने नि हैन र?
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?