सिन्धुपाल्चोकमा दुई हजार ११४ जनाको मनोनयन दर्ता

लोकपथ
0
Shares

सिन्धुपाल्चोकमा स्थानीय निर्वाचनका लागि जिल्लामा दुई हजार ११४ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २५ राजनीतिक दल चुनावी मैदानमा छन् ।

प्रमुख÷अध्यक्षमा ९६, उपप्रमुख÷उपाध्यक्षमा ६९ तथा १०३ वडाको वडाध्यक्षमा ४८४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै २०६ खुला सदस्यमा ७७४, महिला र दलित महिला सदस्यमा क्रमशः ३६४ र २२७ जनाले उम्मेदवारी दिएका छन् । सिन्धुपाल्चोकमा १२ स्थानीय तह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?