मुम्बई । सलमान खानको फिल्म ‘भारत’ एक ठूलो र भव्य बजेटको फिल्म बन्दैछ । र यो फिल्ममा कैयन् चर्चित कलाकारले अभिनय गर्दैछन् । सलमान खानका पिताको भूमिकामा ज्याकी श्राफको नाम फाइनल भएका छन् ।
यी दुई कलाकार आठ वर्षपछि फिल्ममा एक साथ काम गर्नेछन् । पहिले यी दुई सन् २०१० मा रिलिज भएको फिल्म ‘वीर’ मा देखिएका थिए । जुन फिल्म असफल फिल्ममध्ये एक हो ।

फिल्ममा जोडिएका केही व्यक्तिका अनुसार निर्देशक अली अब्बास जफरले सलमानको बुबाको नाममा ज्याकी श्राफको नाम लिएका थिए । र, उनी यो फिल्ममा अभिनय गर्न तुरुन्त राजी भए ।
ज्याकीको भूमिका त्यति ठूलो भने छैन फिल्ममा तर महत्त्वपूर्ण रहेको बताइएको छ ।
फिल्ममा प्रियंका चोपडा सलमान खानकी पत्नीको भूमिकामा देखिँदैछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया