कानूनमन्त्रीको राजीनामा माग्दै बालुवाटार अगाडि नेवि संघको धर्ना (तस्वीरहरु)

काठमाडाैं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले कानूनमन्त्री शेरबहादुर तामाङको राजीनामा माग्दै धर्ना दिएको छ ।

कानुनमन्त्री तामाङले चिकित्सा शिक्षा अध्ययन गर्न बंगलादेशलगायतका मुलुकमा जाने नेपाली छात्राहरूले शैक्षिक प्रमाणपत्र लिन शरिर सुम्पेको अभिव्यक्ति दिएका थिए । 

मन्त्रीको यो अभिव्यक्तिले नारी अस्मिताको धज्जी उडाएको जनाउँदै नेविसंघले कानुनमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको हो । 

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा भएको धर्नालार्इ विद्यार्थी नेतृहरु जानुका पन्त, तुलसा पन्त ,ललिता सुनुवार र पुनम लामाले सम्बोधन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?