रसुवा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा एक जनाको दाबी विरोधको उजुरी परेको छ । आज (मंगलबार) तोकिएको दाबी विरोधको उजुरी उपर जिल्लामा एउटा मात्र उजुरी परेको हो ।
जिल्लाको उत्तरगया गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसबाट दलित महिला सदस्यका उम्मेदवार सुनिता सुनुवारविरुद्ध उजुरी परेको उत्तरगया गाउँपालिकाको निर्वाचन अधिकृत मुना अधिकारीले जानकारी दिइन् ।
सुनुवारको प्रतिस्पर्धी नेकपा एमालेका दलित सदस्यले दाबीविरोध उपर उजुरी गरेकी थिइन् । उनले उम्मेदारी दर्ताको क्रममा सुनुवारले दलित भएको आधिकारिक पत्र पेस नगरेको भन्दै उजुरी दिएको अधिकारीले बताइन् । आएका दाबी बिरोध उपरको उजुरीमाथि छानबिन गरिने समेत उनले बताइन् ।
उत्तरगया गाउँपालिका वडा नम्बर ३ मा एक जना दलित महिला सदस्यका लागि नेकपा एमालेबाट एक र नेपाली कांग्रेसबाट एक जनाले उम्मेदवारी दिएका छन् ।
जिल्लाको अन्य स्थानिय तहमा भने कुनैपनि उम्मेदवार बिरुद्ध दाबी बिरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया