विवादमा मुछिएका कानूनमन्त्री शेरबहादुर तामाङ पदबाट ‘बर्खास्त’

काठमाडाैं : बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका नेपाली छात्रामाथि अमर्यादित र अनर्लग अारोप लगाएका कानूनमन्त्री शेरबहादुर तामाङ पदबाट बर्खास्तीमा परेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) ले तामाङलार्इ मन्त्री पदबाट राजीनामा गर्न निर्देशन दिएको हो । विवादित मन्त्री तामाङले अाज दिउँसो पत्रकार सम्मेलन गरि राजीनामा दिने बुझिएको छ ।

(ने.क.पा.) का अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाललार्इ मार्सी चामलको भात खुवाउँदै चिकित्सा शिक्षा विद्ययकमा गडबड गर्न खोजेको भनि विवादमा तानिएका बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसार्इँले बंगलादेश गएका नेपाली छात्रामाथि त्यहाँका शिक्षकहरूले जबर्जस्ती गर्ने गरेको र अस्मिता बेचेर शैक्षिक योग्यताको प्रमाणपत्र लिने गरेको बताएका थिए । 

कानूनमन्त्री तामाङले पनि एक विद्यालयको शैक्षिक कार्यक्रममा भाषण गर्ने क्रममा प्रसार्इँले बोलेकै कुरालार्इ दोहो-याएका थिए । उनले नेपालमा चिकित्सा शिक्षा पढ्न अावश्यक कोटा नहुँदा नेपाली चेलीहरू बङ्गलादेश जानुपरेको र त्यहाँ उनीहरूले सर्टिफिकेट पाउनका लागि शरीर सुम्पनु परेको बताएका थिए ।

उनको अभिव्यक्तिलार्इ लिएर व्यापक अालोचना भएपछि मन्त्री तामाङले माफी पनि मागेका थिए । तर, अाफ्नै पार्टी र क्याबिनेटको मन्त्रीमाथि नैतिक प्रश्न उठिरहेकाले प्रधानमन्त्री केपी शर्मा अोली र (ने.क.पा.) का नेताहरूले मन्त्री तामाङलार्इ बोलाएर छलफल गरेका थिए । त्यसलगत्तै पार्टीले उनलार्इ मन्त्री पदबाट राजीनामा गर्न निर्देशन दिएको हो । 

यस्तो थियो कानूनमन्त्रीको अभिव्यक्ति : 

‘आज म कथा खोल्छु । बङ्गलादेशमा केही चेलीहरू, हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनका लागि मैले सुनेको छु, कहीँ न कहीँ उनीहरूले आफूलाई बेच्नुपर्छ । मैले सुनेको छु यस्तो मार्मिक छ कथा । उनीहरूले यहाँ खोलिरहेका छन् कथाहरू । हामी हाम्रा छोरी चेलीहरूलाई पढ्नका लागि विदेशमा पठाउँछौँ ,तर उसले आफूलाई त्यहाँ नसुम्पी सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन । त्यसैले ती सबैले यही मुलुकमा पढ्न पाउनुपर्छ भन्दा हामी प्लेटकार्ड बोकेर बाहिर निस्कन्छौँ, पाउँदैन । हामी नै प्लेकार्ड बोकेर बाहिर निस्कन्छौँ, हुँदैन ।

 के भन्या यो ? के गर्न खोजेको यो मुलुकलाई ? त्यसैले मुलुकको समृद्धिका लागि अगाडि बढ्दाखेरि देशैभरी धेरै हाम्रा स्टुडेन्टहरू यही मुलुकमा मेडिकल शिक्षा पढेर डाक्टर बन्नुस् । हरियो पासपोर्ट बोकेर अरबमा काम गर्न जाने होइन । हामी रातो पासपोर्ट बोकेर डाक्टरहरू विश्वभरी काम गर्न जाने हुन सक्यौँ भने पैसाको कमी हुन्छ र यो मुलुकमा रु तर हामी मान्छेलाई पढाएका छैनाैं। अनि हरियो पासपोर्ट जिम्मा लाउँदै अरबमा काम गर्न पठाएका छौँ ।’

विवादमा अाएपछि यस्तो विज्ञप्ती : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?