यस्तो छ अाजको विनिमय दर

काठमाडौं : आज नेपालमा कतारी रियल १ साट्दा ३० रूपैयाँ ३४ पैसा प्राप्त गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ । 

बैंकले आज (सोमबार) का लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार युएर्इ दिराम १ को बिक्रीदर ३० रूपैयाँ ८ पैसा छ । 

अार्इतबार ३६४ रूपैयाँ ४७ पैसा रहेको कुवेती दिनार १ को बिक्रीदर अाज ३ सय ६५ रूपैयाँ ९ पैसा पुगेको छ ।

यस्तै, मलेसियन रिंगेटको २७ रूपैयाँ १९ पैसा, बहरार्इन दिनार १ को २९२ रूपैयाँ ११ पैसा र कोरियन वन १०० को बिक्रीदर ९ रूपैयाँ ७४ पैसा कायम गरिएको छ ।

अमेरिकी १ डलर साट्दा ११० रूपैयाँ ४८ पैसा प्राप्त गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ। 

युरोको बिक्रीदर १२९ रूपैयाँ ४१ पैसा कायम भएको छ ।

खुला बजार विनिमयदर र बाणिज्य बैंकहरूको मुद्रा सटही दर भने राष्ट्र बैंकले तोकेभन्दा केही फरक पर्ने गर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?