काठमाडौं– प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाक्टर गोविन्द केसी राजनीतिक स्वार्थको सिकार बनिरहेको आरोप लगाएका छन् । डा केसीलाई प्रमुख प्रतिपक्षी कांग्रेसले राजनीतिक हतियार बनाएर बार्ता गर्ने प्रक्रियामा समेत अवरोध पुर्यारहेको उनीहरुले बताए ।
‘वार्ता पनि विधि र प्रक्रियाबाट हुन्छ । तर यहाँ यस्तो हुन सकिरहेको छैन । तैपति हामी भनिराखेका छौं आउनुस् वार्ता गरौं’ कप्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४० औं स्मृति दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘ठूल्ठूला युद्धको निकास त वार्ता र संवादबाटै भएको छ ।’चिकित्सा क्षेत्र सुधारका लागि सरकार बहस गर्न तयार छ । तर हठ मान्य नहुने ओलीको भनाई थियो ।
प्रचण्डले पनि लोकतान्त्रि भन्ने कांग्रेसको सरकारकै बेला केसी सबैभन्दा बढी अनसन बसेको उल्लेख गर्दै त्यतिबेला के हेरेको भन्दै प्रश्न गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया