मनोनयन दर्ताको क्रममा उम्मेदवारबाटै आचारसंहिता उल्लंघन !

लोकपथ
98
Shares

काठमाडौं । आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ताकै क्रममा आचारसंहिता उल्लंघन भएको ठहर भएको छ ।

निर्वाचन पर्यवेक्षण समिति नेपालले आइतबार र सोमबार कतिपय उम्मेदवारहरुले निर्वाचनको आचारसंहिता उल्लंघन गरेको ठहर गरेको हो ।

उम्मेदवारी दर्ता गर्ने क्रममा केही ठूला राजनीतिक दलहरु र केही स्वतन्त्र उम्मेदवारहरुले समेत आचारसंहितल उल्लघंन गरेको भन्दै समितिले त्यसलाई रोक्न समेत आग्रह गरेको हो ।

निर्वाचन प्रयोजनका लागि आयोगको स्वीकृति वेगर हेलिकप्टर प्रयोग गर्न नपाइने, ठूला ठूला झाँकी तथा जुलुस निकाल्न नपाइने, मोटरसाइकल र्‍याली गर्न नपाइने भए पनि त्यसकिसिमको गतिविधि भएको आयोगको ठहर रहेको छ ।

समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘निर्वाचन प्रयोजनमा नावालकहरुलाई प्रयोग गर्न पाइँदैन । साथै निर्वाचनमा निर्वाचन आयोगको स्वीकृति वेगर हेलिकप्टर प्रयोग गर्न पाइँदैन । ठूला ठूला झाँकी तथा जुलुस लिएर हिँड्न पनि पाइँदैन । बाजागाजा तथा झाँकीहरु पनि प्रदर्शन गर्न पाइँदैन । मोटरसाइकल र्‍याली गर्न र तोकिएका निश्चित साइजका झण्डाबाहेक ठूलो झण्डा प्रयोग गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता सबै राजनीतिक दलहरुसँगको सहकार्य एवम् सहमतिमा तय गरिएका हुन् ।’

आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ताका लागि समय दिएको थियो । उक्त समयसीमा भित्र उम्मेदवारहरुले आचारसंहिताको उल्लंघन भएको छ । आयोगले उम्मेदवारी दर्ताको क्रममा हेलिकप्टर प्रयोग नगर्न समेत भनेको थियो । तर धेरै स्थानहरुमा उम्मेदवारहरुले हेलिकप्टरको प्रयोग गरि उम्मेदवारीस्थलमा मनोनयनका लागि पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?