१३ चैत्र २०७९, सोमवार

देउवाले मन्त्रिमन्डल विस्तार गर्न लागेपछि राष्ट्रपति कार्यालय रुष्ट

२०७४,आश्विन,२७,शुक्रवार १५:४४

9
Shares

 काठमाडौँ, २७ असोज – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमन्डल विस्तार गर्न लागेपछि राष्ट्रपति कार्यालय रुष्ट  बनेको छ | राष्ट्रपति  बिद्या देवी भण्डारीले प्रधानमन्त्री  देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित सांसदहरुलाई आज मन्त्रिपरिषद्मा थप गर्न सिफारिश गरेको सन्दर्भमा निर्वाचन आयोग र कानुनविद्सँग परामर्श गरेर निर्णय गर्ने भएकी  छन् ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भएको स्थितिमा मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरु र कानूनविज्ञसँग छलफल गरेर शपथ ग्रहणबारे राष्ट्रपतिले निर्णय गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।आचारसंहिता जारी भएकै अवस्थामा प्रधानमन्त्री देउवाले यसअघि गरेको मन्त्रिमण्डलको विस्तारलाई आचारसंहिता विपरीत भएको आयोगले जनाएको थियो ।कतिपय सञ्चारमाध्यममा शनिबार नै नयाँ मन्त्रीहरुको शपथग्रहण कार्यक्रम हुने भनी दिएका समाचारमा सत्यता नभएको राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार १५:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालयका

काठमाडौं । कर्णाली प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन्। मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बुधबार बसेको

काठमाडौं । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले महिला सशक्तिकरण महिला आन्दोलनकै उपज रहेको बताएका छन् । परियारले जनयुद्ध, जनआन्दोलनको प्रतिफलस्वरुप

सुर्खेत । निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले सरकार भ्रष्ट छ होइन, भ्रष्टाचारका लागि सरकार छ भन्ने भाष्य बनिरहेको भन्दै

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६