विलासिताप्रति नेपालीको मोह : सौन्दर्य सामग्रीका लागि अर्बौँ रुपैयाँ बाहिरिँदै

लोकपथ
143
Shares

काठमाडौं । पछिल्लो समय विलासिताप्रति नेपालीहरुको मोह बढ्दै गइरहेको छ । नेपालीहरुले सौन्दर्य सामग्रीका लागि अर्बौँ रुपैयाँ बाहिर पठाइरहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको नौ महिनामा ६ अर्ब भन्दा बढीको सौन्दर्यका सामानहरुको आयात भएको छ ।

नेपालीहरुले अनुहारमा लगाउने क्रिम, लिपिस्टिक, बडीलोसन, नेल पोलिस, कपालमा लगाउने तेललगायतका सामग्री खरिदका लागि धेरै खर्च गर्नेगरेको विभागको तथ्यांकले देखाएको हो ।

यस अवधिमा ५५ करोड ५४ लाख ३५ हजार रुपैयाँबराबरको अनुहारमा लगाउने क्रिम नेपाल भित्रिएको छ । त्यस्तै, यस अवधिमा ३८ करोड ३४ लाख रुपैयाँको बडीलोसन, ४ करोड ६३ लाख रुपैयाँको नेल पोलिस आयात भएको विभागको तथ्यांकले देखाउँछ ।

चैत मसान्तसम्म ९३ करोड १४ लाख रुपैयाँको कपालमा लगाउने स्याम्पु, ६० करोड ११ लाखको कपालमा लगाउने तेल, ५ करोड ४८ लाखको कपालमा लगाउने तेल आयात भएको विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांकलाई हेर्ने हो भने अत्यावाश्यक बाहेकका वस्तु तथा सेवाको आयात डरलाग्दो देखिन्छ । सौन्दर्यका लागि नक्कली परेलादेखि नक्कली नङ र कपालसम्म भित्र्याउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?