उम्मेदवारी अपडेट : हालसम्म १ लाख ४४ हजार बढीको उम्मेदवारी (सूचीसहित)

लोकपथ
105
Shares

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि हालसम्म १ लाख ४४ हजार बढीले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार दिँउसो १२:३० बजेसम्म १ लाख ४४ हजार ४ सय १६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

जसमा महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख गरी ३ ह जार ३ सय ७५ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी गाउँपालिका प्रमुख प्रमुखमा ३ हजार ३ सय ३४, महानगर, उपमहानगर र नगरपालिकाका उपमेयरमा २ हजार ६९, गाउँपालिका उपप्रमुखमा २ हजार ३ सय ६४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ३३ हजार ७ सय ९७ जना वडाध्यक्ष, २४ हजार ७ सय ९२ जना महिला सदस्य, २२ हजार ४ सय ४० दलित महिला सदस्य र ५२ हजार २ सय ४५ जना सदस्यले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।

आयोगले आइतबार र सोमबारका लागि उम्मेदवार मनोनयनको समयसीमा तोकेको थियो । सोमबार साँझ ५ बजेसम्मका लागि तोकिएको थियो । जसमा ५ बजेसम्म लाइनमा बस्न आइपुगेकाहरुले मनोनयन गर्न पाउने प्रावधान राखिएको थियो । आयोगले आजको लागि उम्मेद्वारविरुद्ध उजुरी गर्न पाउनेछन् ।

वैशाख ३० गते देशभारका ७ सय ५३ स्थानीय तहमा ३५ हजार २२१ पदको लागि निर्वाचन हुँदै छ । ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिकामा स्थानीय तहको निर्वाचन हुँदैछ । जसको लागि ६ महानगरपालिकामा ६–६ जना प्रमुख र उपप्रमुख, ११ उपमहानगरपालिकामा ११–११ जना प्रमुख र उपप्रमुख, २७६ नगरपालिकामा २७६–२७६ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा ४६०–४६० अध्यक्ष तथा उपाध्यक्ष , ६ हजार ७४३ वडाध्यक्ष, ६ हजार ७४३ वडा महिला सदस्य, ६ हजार ७४३ जना वडा दलित महिला सदस्य र १३ हजार ४८६ अन्य वडा सदस्यको पदको लागि निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?