असारे विकासमा रोक लगाउँदै सरकार

काठमाडौं – सरकारले आर्थिक वर्षको अन्त्यमा आएर पुँजीगत बजेट असारे बाढीमा बगाउने प्रवृत्ति रोक्न जेठ मसान्तपछि विकास निर्माणका कुनै पनि काम गर्न नपाउने निर्णय गरेको छ ।

कुल बजेटको एक तिहाई बजेट असारमा मात्रै खर्च हुने प्रवित्ति नरोकिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार महिनामा विकास निर्माणक काम गर्न नपाइने निर्णय गरेको समाचार आजको कारोबार दैनिक छापिएको छ ।

सरकारी कर्मचारीहरुमा असारे विकासका नाममा बजेट बाँडीचुँडी खाने प्रवृत्ति मौलाएका कारण मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार यसबारे मातहतका सबै कार्यालयलाई परिपत्र गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?