कास्कीका चारै पालिकामा प्रमुख दलले दिए मनोनयन, मादीमा कांग्रेस-माओवादी गठबन्धन

लोकपथ
140
Shares

पोखरा । कास्कीका चारवटै गाउँपालिकामा पनि उम्मेदवारी दर्ता भएको छ । आइतबार र सोमबार भएको उम्मेदवार मनोनयन दर्ता प्रक्रियामा सहभागी हुँदै प्रमुख राजनीतिक दलहरू र स्वतन्त्र उम्मेदवारलेसमेत उम्मेदवार दिएका छन् । प्रमुख दलबाट अन्नपूर्णको अध्यक्षमा कांग्रेसका युवराज कुवँर र एमालेका विष्णु केसी उम्मेदवार बनेका छन् । यस्तै, उपाध्यक्षमा कांग्रेसकी खेमकुमारी गुरुङ र एमालेकी चन्द्रा अधिकारी उम्मेदवार भएका छन् ।

माछापुच्छ्रेमा एमालेबाट अध्यक्षमा विक्रम गुरुङ र कांग्रेसबाट मिनबहादुर गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा एमालेकी सीता तिवारी र कांग्रेसबाट सीता अधिकारीले मनोनयन दर्ता गराए ।

मादीको अध्यक्षमा एमालेबाट महेन्द्र गुरुङ र कांग्रेसबाट देवीजंग गुरुङ तथा उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ र गठबन्धनबाट माओवादी उम्मेदवार लालबहादुर गुरुङले उपाध्यक्षमाउम्मेदवारी दिए ।

रुपामा एमालेबाट नवराज ओझा अध्यक्षमा नाम दर्ता गराएका छन् भने कांग्रेसबाट गीमाया गुरुङले मनोनयन दिइन् । उपाध्यक्षमा एमालेकी लालसुब्बा गुरुङ र कांग्रेसका नारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

माओवादीले चारवटै पालिकामा उपाध्यक्ष मात्रै उठाएको छ । माओवादीबाट अन्नपूर्णमा धर्म तमु, रुपामा नवराज बराल र माछापुच्छ्रेमा प्रविणा अधिकारीले उम्मेदवारी दिएका छन् ।

अझै गठबन्धन हुने र भागबण्डा मिलाउनका लागि उपाध्यक्षमा मात्रै उम्मेदवारी परेको बताइएको छ । निर्वाचन अधिकृतको कार्यालय व्यवस्थित नहुँदा उम्मेदवारहरुले मनोनयनमा समस्या भएको थियो । अहिले पनि मनोनयनका सबै प्रक्रिया सकिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?