कांग्रेस नेता घिमिरे राजनीतिबाट बिदा लिँदै !

लोकपथ
399
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले राजनीतिप्रति असन्तुष्टि जनाएका छन् ।

स्थानीय निर्वाचनमा टिकट वितरणको विषयमा असन्तुष्टि जनाउँदै नेता घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने समेत बताएका छन् ।

नेता घिमिरेले आफूले राजनीतिबाट बिदा लिनेबारेकाे धारणा स्थानीय निर्वाचनपछि सार्वजनिक गर्ने बताए ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘सक्रिय राजनीतिबाट बिदा लिऊँ कि भन्ने लागेको छ। स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु । स्थानीय तहमा देशभरि उम्मेदवार बन्नुभएका साथीहरूलाई विजयको शुभकामना छ !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?