डा. केसीको स्वास्थ्य अवस्था नाजुक, अनसन स्थलमा जे देखियो (१० तस्वीर)

टिचिङ अस्पताल बाहिरको वातावरण सुनसान देखिन्छ । 

केही मानिसहरु यताउता गरिरहेका छन् । 

गेटबाट छिर्ने बित्तिकै केही प्रहरी उभिरहेका देखिन्छन् । 

स्थान : त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्ज

दिन : २०७४ साल साउन ७ गते 

समय : दिउँसो ४ः३० बजे

सन्दर्भ : डा. केसी १५ औं सत्याग्रह, २४ औं दिन 

डा. गोबिन्द केसीलाई अहिले महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा राखिएको छ । उनी चिकित्सकहरुको विशेष निगरानीमा छन् । 

केही दिनदेखि उनको स्वास्थ्य स्थिति बिग्रँदै गएको छ ।

अहिले देशभर डा.गोबिन्द केसी र चिकित्सा क्षेत्र बहसको विषय बनेका छन् । 

यता माईतीघर मण्डलामा उनका समर्थकहरुले विरोध तथा प्रदर्शन कार्यक्रम मार्फत् सत्याग्रहलाई निरन्तरता दिइरहेका छन् । 

अनसनका लागि जुम्ला पुगेका उनलाई साउन तीन गते मात्र काठमाडौं ल्याइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?