आज २३औँ मनमोहन स्मृति दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

लोकपथ
84
Shares

काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज २३औँ मनमोहन स्मृति दिवस मनाइँदै छ।

मनमहोन स्मृति प्रतिष्ठानले आज विशेष कार्यक्रम आयोजना गरी यो दिवस मनाउने भएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा प्रतिष्ठानले मनमोहन स्मृति दिवस मनाउन लागेको हो।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता अधिकारीको नेतृत्वमा नेकपा एमालेले २०५१ मा ९ महिना सरकार चलाएको थियो। अधिकारी प्रधामन्त्री बनेका बेला उनले आफ्नो गाउँ आफैँ बनाउँदेखि सामाजिक सुरक्षाभत्ता, गाउँगाउँमा सहकारी, महिला र पुरुषको नाममा संयुक्त रजिस्ट्रेसन पास लगायतका लोकप्रिय कार्यक्रमको सुरुवात गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?