प्रियंका र प्रमोदको अन्तरंग दृश्यले बबाल

काठमाडौं । महिला निर्देशक संगीता श्रेष्ठ निर्देशित पहिलो चलचित्र ‘कथा काठमाडौं’ले आफ्नो प्रचारको थालनी गरेको छ । निर्माण युनिटले चलचित्रको पहिलो गीत ‘रातको कुरा’ सार्वजनिक गर्दै प्रचारको थालनी गरेको हो ।

सार्वजनिक गीतमा इन्दिरा जोशीको स्वर रहेको छ, भने शब्द तथा संगीत प्रदीप बास्तोलाको रहेको छ । गीतमा अभिनेता प्रमोद अग्रहरी र अभिनेत्री प्रियंका कार्की देखिएकी छन् । भिडियोको अन्तिम एक मिनेटभरी प्रियंका र प्रमोदको अन्तरंग दृश्य छ । यसअघि नेपाली चलचित्रको गीतको भिडियो यो शैलीमा तयार भएका थिएनन् । सोे भिडियोलाई लिएर सामाजिक संजालमा नकारात्मक टिप्पणी भइरहेका छन् ।

भिडियो हेर्ने केहीले प्रियंका र प्रमोदको कामको तारिफ समेत गरेका छन्, भने केहीले प्रियंकाको आलोचना समेत गरेका छन् । गीतमा गायिका इन्दिरलाई पनि देख्न सकिन्छ । 

चलचित्र काठमाडौ आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई लिएर निर्माण गरिएको निर्देशक श्रेष्ठले बताइन् । ‘चलचित्रको कथा अनुसार नै गीतहरु तयार गरेका छौ’ श्रेष्ठले भनिन् ‘गीतमा देखाउनकै लागि दृश्य समावेश छैनन्, यो कथासँगजोडिएर आउने परिस्थिति हो ।’ चलचित्र रियालिटीसँग नजिक रहेर तयार गर्न खोजिएको निर्देशक श्रेष्ठको भनाई रहेको छ । 

१२ असोजबाट प्रदर्शनमा आउने यो चलचित्रमा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरी लगायतको मुख्य भुमिका रहेको छ । 

आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र विजय राइको लगानीमा निर्माण भएको हो । चलचित्रमा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदै छिन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको चलचित्रको कथा निर्देशक श्रेष्ठ आफैले लेखेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?