मनाङमा १५ जनप्रतिनिधि निर्विराेध

लोकपथ
266
Shares

स्थानीय तह निर्वाचनका लागि मनाङका १५ जनप्रतिनिधि निर्विराेध बनेका छन्। त्यहाँका पालिकामा वडाध्यक्ष र सदस्य निर्विराेध बनेका हुन् ।

चार गाउँपालिका रहेको मनाङमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका साथै स्वतन्त्र उमेरदवारको एकल उम्मेदवार परेको हो । मनाङको चामे गाउँपालिका- १ र २ का वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। वडा १ मा नेकपा एमालेका खड्कजंग गुरुङ निर्विरोध भएका हुन् ।

साे वडामा एमालेबाटै महिला सदस्यमा राजकासी गुरुङ र दलित महिला सदस्यमा अनिता विक निर्विरोध भएका छन्। वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भएका छन्। सोही वडामा महिला सदस्यमा गममाया गुरुङ र दलित महिला सदस्यमा नविना परियार कांग्रेसबाट निर्विरोध बनेका छन् ।

नासो गाउँपालिकामा कांग्रेसबाट वडा नम्बर ५ वडाअध्यक्षमा थुतेन लामा, वडा नम्बर ६ को वडाध्यक्षमा पुष्पबहादुर गुरुङ र वडा नम्बर ७ को वडाध्यक्षमा ओमबहादुर गुरुङ निर्विरोध भए ।

मनाङका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले अन्तिम नामावली प्रकाशन गरी दावीविरोधको समय सकिएपछि मात्र निर्विरोध निर्वाचित घोषणा गर्न मिल्ने बताए। निस्याङ गाउँपालिका-३ वडाध्यक्षमा स्वतन्त्रबाट कृष्ण लामा र वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रबाट च्योल्पा गुरुङकाे वडाध्यक्षमा एकल उम्मेदवारी परेकाे छ । साेही वडामा अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्यमा रिया गुरुङ र दलित महिला सदस्यमा सुष्मिता सेन्चुरीकाे एकल उम्मेदवारी परेकाे छ । उनीहरु स्वतन्त्रबाट उम्मेदवार बनेका हुन् । आयोगले भने औपचारिक घोषणा गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?