१८ चैत्र २०७९, शनिवार

सामसुङ प्रमुखले किन दिए राजिनामा ?

२०७४,आश्विन,२७,शुक्रवार १५:३४

0
Shares

 सोल, २८ असोज – विद्युतीय सामाग्री उत्पादन गर्ने दक्षिण कोरियाको ठूलो कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका प्रमुखले पदबाट राजिनामा दिएका छन् ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्वोन ओह ह्युनले प्रविधिको बढ्दो चुनौतीलाई सामना गर्न आफुले नसक्ने भएकाले नयाँ युवालाई अवसर दिनका लागि आफुले पद त्याग गरेको बताए ।पदत्याग गर्नेबारे आफुले केही समयअघिदेखि नै सोचिरहेको र अहिले मात्रै कार्यान्वयनको चरणमा पुगेको उनको भनाइ छ ।उनले कार्यकारी प्रमुखको जिम्मेवारी छोडेपछि कम्पनीको बोर्ड सदस्यमा भने सन् २०१८ सम्म रहिरहने कम्पनीले जनाएको छ ।दक्षिण कोरियामा सामसुङ कम्पनीसँग सम्वन्धित झण्डै ६० वटा कम्पनीहरु रहेकाले देशको ठूलो व्यापारिक समूहमा पर्दछ ।सामसुङ कम्पनीमा दक्ष कर्मचारीहरू एकपछि अर्को गरी पर्याप्त भएकाले उनको बहिर्गमनले कम्पनीको व्यापारमा खासै असर नपर्ने कम्पनीका उच्च अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार १५:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

युरो क्षेत्रमा मुद्रास्फीति मार्चमा अपेक्षा गरिएभन्दा निकै कम भएको छ । ऊर्जाको लागत घटे पनि खाद्यान्नको मूल्यमा वृद्धि भएको सरकारी

इन्दोर । रामनवमी पर्व मनाउन भारतको मध्यप्रदेशस्थित पटेलनगराम रहेको शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्दा ज्यान गुमाउनेको

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओस्कार विजेता फिल्म ‘द एलिफन्ट व्हिस्पर्स’का निर्माता र निर्देशक गुनीत मोंगा र कार्तिकेय

काठमाडौं । इरानबाट चार हजार तीन सय २७ जना अफगान शरणार्थी घर फर्किएका छन् । दुई साताअघि छिमेकी राष्ट्र पाकिस्तानबाट

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८