काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म ६० हजारले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोग नेपालले दिएको जानकारी अनुसार हालसम्म ६० हजार ९ सय ५० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आयोगले साँझ ५ बजेसम्मका लागि दिएको समयसीमा अनुसार ४७ हजारले उम्मेदवारी दर्ता गराएका थिए ।
हालसम्म प्रमुखमा १९१४ जना, अध्यक्षमा १९४४ जना, उपप्रमुखमा ११७३ जना, उपाध्यक्षमा १३१९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी वडाध्यक्षमा १५ हजार २ सय ८५ जना, महिला सदस्यमा ९८९१ जना, दलित महिला सदस्यमा ८६९४ जना र २०७३० सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया