हलेसी तुवाचुङमा विमला राई र रमेश राउतले गरे उम्मेदवारी दर्ता

लोकपथ
1.8k
Shares

काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसका तर्फबाट प्रमुखमा विमला राई र उपप्रमुखमा रमेश राउतले उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।

राई यसअघि नगरपालिकाको उपप्रमुख थिइन् भने राउत वडा नम्बर ६ मंगलटारको वडाध्यक्ष थिए । कांग्रेसको प्रदेश नम्बर १ समितिले राई र राउतलाई उम्मेदवार बनाउने निर्णय गरेपछि दुवैले उम्मेदवारी दर्ता गरेका हुन् ।

पार्टीले केन्द्रमा गठबन्धन गरेको भए पनि हलेसी तुवाचुङमा कांग्रेसले एक्लै लड्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?