काठमाडौं । स्याङ्जामा अवैध लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१२ बस्ने २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका–१३ बस्ने १९ वर्षीय विमल थापा रहेका छन् ।
गल्याङ नगरपालिका–१ राम्दीबाट नियन्त्रित लागुऔषध फेनारगन २२ एम्पुल, नुर्फिन २१ एम्पुल डाइजेपाम २१ एम्पुल र २ थान सिरिञ्जसहित उनीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुटवलबाट पोखरातर्फ आउँदै गरेको ना४ख ३८९४ नम्बरको बसलाई राम्दी चेक पोइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया