काठमाडौं । काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।
काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले एउटै दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाइ बनेपाको चारदोबाटोमा ठक्कर दिएको हो ।
घटनापछि बनेपा बजार तनावग्रस्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय, बनेपाका अनुसार मृतक मोटरसाइकल चालकको सनाखत हुन नसकेको जानकारी दिएको छ ।
घटनापछि आक्रोशित सर्वसाधारणले ट्रिपरमाथि आगजनी गरेका छन् भने ठक्कर दिने ट्रिपर चालकलाई इलाका प्रहरी कार्यालय, बनेपाले नियन्त्रणमा लिएको जनाइएको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया