सुदूरपश्चिम भूकम्पको जोखिममा

लोकपथ
98
Shares

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत डा.सुशील ज्ञवालीले नेपालको सुदूरपश्चिम र मध्यपश्चिमको क्षेत्रमा रहेका निजी आवास तथा सम्पदाहरुलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छ ।

सुदूरपश्चिम र मध्यमपश्चिमको क्षेत्र विगत ५ सय वर्षदेखि भूकम्प नगएको र त्यहाँ भूकम्पको इनर्जि जम्मा भएर बसीरहेकोले बेलैमा शतर्कता अपनाउनुपर्नेमा जोड दिएका हुन् । उनले त्यहाँ रहेका निजी आवासहरुलाई बेलैमा इन्जिनियरिङ प्रविधि र प्रवलिकरणका प्रविधि प्रयोग गरेर बलियो नबनाए ठूलो जनधनको क्षति हुने बताए ।

सोमबार पूर्वकार्यकारी अधिकृत ज्ञवालीले त्यहाँ बनेका सम्पदाहरु पुरानो र बिना प्रविधिबाट बनेको भएकोले धेरै क्षति हुने अनुमान लगाउन सकिने बताए । उनले बेलैमा प्राकृतिक विपद्बाट बच्न सरकारले सुरक्षित आवास कार्यक्रम बनाएर उक्त क्षेत्रमा काम गर्न आवश्यक रहेको स्पष्ट पारे । पूर्वकार्यकारी अधिकृत ज्ञवालीले आगलागीको घटनाबाट बच्न खरका छाना हटाउने र प्रवलिकरण गरेर घर बलियो बनाउने कुरा कार्यन्वयन गर्न आवश्यक रहेको बताए ।

पूर्व कार्यकारी अधिकृत ज्ञवालीले मध्यपश्चिम र सुदूरपश्चिमका क्षेत्रहरु बाढी, पहिरो लगायतको बहुप्रकोपीय जोखिममा रहेकोले त्यसबाट पनि बच्ने गरेर सरकारले कदम चाल्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?