पुराना कम्युनिष्ट नेताहरु नेकपामा आऊ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीमा सहभागी हुन पुराना कम्युनिष्ट नेताहरुलाई आग्रह गरेका छन् । 

सोमबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसरमा विश्वमै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न नदिन उनले सो आग्रह गरेका हुन् ।

कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने अभियानका विरुद्ध षडयन्त्र भइरहेको उनले दाबी गरेका छन् । उनले बाहिरी प्रतिक्रान्तिकारीहरु सल्बलाइरहेका कारण पार्टीभित्रको एकतालाई अझै सुदृढ बनाउनुको साथै जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउने बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?