सरकारले डा. केसीको माग सम्बोधन गर्नुपर्छ : सिटौला

चितवन । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले डा. गोविन्द केसीले उठाएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । 

यहाँ आज पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उनको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताए । उनले उठाएका माग जायज छ भन्दै उनले कांग्रेसको नेतृत्वमा रहेको सरकारले उनको मागलाई सम्बोधन गरेर नै अध्यादेश जारी गरेको बताए । उनले भने, “अहिले सरकारले त्यो अध्यादेशलाई तोडमोड गरेर विधेयक ल्यायो, यस कारण समस्या भएको हो ।” 

उनले पार्टीभित्रको विवाद महाधिवेशनले सल्टाउने विश्वास व्यक्त गर्दै अब हुकुमी शैलीमा पार्टी नचल्ने बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?