टिकट खोसिएपछि प्रल्हाद क्षेत्री स्वतन्त्र उम्मेदवारी दिने तयारीमा

लोकपथ
238
Shares

महोत्तरी । बर्दिबास नगरपालिकाको मेयरमा कांग्रेसका दुई जनाले आकांक्षा देखाएका थिए । लामो समयदेखि चल्दै आएको विवादमा कांग्रेसले चिरञ्जीवी हमाललाई आधिकारिकता दिएको छ र मेयरको टिकट दिएको छ ।

पार्टीको निर्णयप्रति अस्नतुष्टि जनाउँदै अर्का आकांक्षी प्रल्हाद क्षेत्रीले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरू दुवै जना सोमबार विहान एकै समय मेयरको उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय बर्दिबासमा पुगेका थिए ।

बर्दिबास निर्वाचन कार्यालयका प्रमुख भुपेन्द्र सापकोटाका अनुसार एउटै पार्टीको दुई उम्मेदवारको मनोनयन दर्ता गर्न नमिलेपछि उनीहरू फर्किएका थिए । हामीले आधिकारिकता पुष्टि गर्न कांग्रेस पार्टीलाई पत्राचार गरेका थियौँ । अहिले हमालको आधिकारिकता भएको पुष्टि गरेको छ। उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?