काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराइरहेका छन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन आज नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपाका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइएकी छिन् । राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।
महानगरको मेयरमा केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, मदनदास श्रेष्ठले काठमाडौंको मेयरमा राप्रपाको तर्फबाट दिए उम्मेदवारी दिएका छन् ।
हेर्नुहोस् राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनेहरुको तस्बिर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया