कांग्रेसले व्यास र म्याग्देको प्रमुख दोहोर्‍याउने

लोकपथ
91
Shares

तनहुँ । नेपाली कांग्रेसले तनहुँको व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाको प्रमुख दोहोर्‍याउने भएको छ । व्यासको मेयरमा फेरि वैकुण्ठ न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपमेयरमा भने फेरिएकी छन् । कांग्रेसले व्यासको उपमेयरमा इन्दिरा दरैलाई उम्मेदवार बनाएको छ ।

यस्तै म्याग्दे गाउँपालिकाको अध्यक्ष मायादेवी राना नै दोहोरिने भएकी छन् । उपाध्यक्षमा सुभद्रा घिमिरेले टिकट पाएकी छिन् ।

भानु नगरपालिकाको मेयरको टिकट आनन्दराज त्रिपाठीले पाएका छन् । उनी विद्यार्थी नेता हुन् । यस्तै शुक्लागण्डकी नगरपालिकामा व्यवसायी कृष्णराज पण्डितले टिकट पाएका छन् ।

शुक्लागण्डकीमा कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गर्नेछ । उपमेयर माओवादी केन्द्रलाई दिनेछ । माओवादीबाट उपमेयरमा खुमबहादुर विक (राजु)को नाम चर्चामा छ । तालमेल गर्ने सहमति भए पनि वडामा सहमति हुन सकिरहेको छैन ।

जिल्लामा अझै पनि ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र उम्मेद्वार टुंगो लगाउन सकिरहेको अवस्था छैन । उम्मेदवार छनोटमा विवाद हुँदा मनोनयन दर्ताका लागि डेढ घण्टा मात्र बाँकी रहँदा कहीँ पनि ठूला दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?