काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह सोमबार बिहान पशुपतिको दर्शन गर्न पुगेकी छिन् । साउने सोमबारको पहिलो दिन उनी पशुपतिको दर्शन गर्न पुगेकी हुन् ।
उनीसँगै छोरा हृदयेन्द्र र जेठी छोरीपनि पशुपति पुगेका थिए ।
तर, उनी र श्रीमान पारस शाह भने विरलैसँगै देखिन्छन् । बरु ससुरा ज्ञानेन्द्र शाहसँग भने विभिन्न कार्यक्रममा सँगै देखिन्छिन् ।
हिमानी पशुपतिमा झण्डै आधा घण्टा बसेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया