पोखरा महानगरमा एमालेका उम्मेदवार थापा र गुरुङले दर्ता गराए उम्मेदवारी

लोकपथ
133
Shares

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि पोखरा महानगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयरका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार पोखरा महानगरको एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरूङले उम्मेदवारी दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने क्रममा मेयरका उम्मेदवार थापाले २५ वर्षपछि आफूले पुनः मेयरमा प्रतिष्पर्धा गर्न पाउनुलाई शौभाग्य पाएको बताए ।

नेकपा एमालेले गत शनिबार दिपक पौडेललाई पार्टीका तर्फबाट मेयरको उम्मेदवार बनाएको थियो । तर पुराना भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै उनको टिकट खोसिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?