ललितपुर महानगरमा एमालेबाट मेयर र उपमेयरको उम्मेदवारी दर्ता

लोकपथ
210
Shares

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि ललितपुरमा नेकपा एमालेका तर्फबाट मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

आज (सोमबार) जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एमालेका तर्फबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य बज्राचार्यको उम्मेदवारी दर्ता गराएका हुन् ।

दुवै जनाले उम्मेदवारी दर्ता गर्नुअघि शताब्दी पुरुष सत्यमोहन जोशी र सिद्धीलाल सिंहलाई भेटेर आर्शिवाद लिएका थिए ।

त्यसैगरी काठमाडौं महानगरमा एमालेका तर्फबाट केशव स्थापितले मेयर र सुनिता डंगोलले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?