तनहुँमा एमालेका प्रमुख उपप्रमुखको टुंगो लाग्यो

लोकपथ
182
Shares

तनहुँ । मनोनयनको अन्तिम दिन मात्र तनहुँमा नेकपा एमालेले प्रमुख उपप्रमुखको टुंगो लगाएको छ । नेपाली कांग्रेसबाट साधारण सदस्य समेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहसँग तालमेल गर्ने निर्णयसहित एमालेले स्थानीय तहको प्रमुख उपप्रमुखको टुंगो लगाएको हो ।

शुक्लागण्डकी नगरपालिकाको मेयरमा मुक्ति तिम्लिसिना र उपमेयरमा फूलमाया वाग्लेलाई उम्मेदवार बनााइएको छ । भिमाद नगरपालिकाको मेयरमा दधिराज सुवेदी र उपमेयरलाई शारदा खनाललाई उम्मेदवार बनाइएको छ । उपमेयरमा खनाल दोहोरिएकी हुन् ।

भानु नगरपालिकाको मेयरमा सिताराम बजगाईंलाई एमालेले उम्मेदवार बनाएको छ । भानुमा उपमेयर जोशी समूहले पाउनेछ । व्यासको मेयर पनि जोशी समूहले लिनेछ । व्यासको उपमेयरमा बसुन्धरा घर्तीलाई एमालेले उम्मेदवार बनाएको छ ।

देवघाट गाउँपालिकाको अध्यक्षमा दुर्गबहादुर थापा दोहोरिएका छन् । उपाध्यक्षमा गत निर्वाचनमा एक मतान्तरले पराजित भएकी सावित्री न्यौपानेले टिकट पाएकी छन् ।

आबुखैरेनी गाउँपालिकाको अध्यक्षमा ऋषि केसीले टिकट पाएका छन् । यहाँ उपाध्यक्ष जोशी समूहलाई दिने सहमति छ । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र थापा उम्मेदवार हुनेछन् । यहाँ पनि उपाध्यक्ष जोशी समूहले पाउनेछन् ।

घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा र उपाध्यक्षमा राधा अधिकारीले टिकट पाएका छन् । ऋषिङ गाउँपालिकाको अध्यक्षमा हरिराज कँडेललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा रत्ना घिमिरेलाई एमालेले उम्मेदवार बनाएको छ । दुवै उम्मेदवार सोही पदमा गत निर्वाचनमा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?