पत्रकार राई उम्मेदवारी दर्तापछि चुनावी अभियानमा

लोकपथ
77
Shares

काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दर्तापछि पत्रकार भक्त राई चुनावी अभियानमा होमिएका छन् ।

नेकपा एमालेबाट अध्यक्ष पदमा आइतबार उम्मेदवारी दर्ता गरेका राईले आज बिहानैदेखि मतदाताकहाँ पुगेर मत माग्न थालेका छन् ।

जनलहर आफ्नो पक्षमा देखिएको भन्दै उनले ३० वैशाखमा हुने निर्वाचनबाट निर्वाचित हुने विश्वास व्यक्त गरे ।

राईसँग रेडियो, अनलाइनदेखि छापा माध्यममा लामो समय पत्रकारिता गरेको अनुभव छ ।

उनले उम्मेदवारी दिएको गाउँपालिका यसअघि २०७४ सालमा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले निर्वाचन जितेको थियो ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?