काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले पारित गरेको विधान र नियमावलीले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई झन् शक्तिशाली बनाएको छ । राजधानी दैनिकमा खबर छापिएकाे छ ।
प्रधानमन्त्रीसहित संसदीय दलका नेतासमेत रहेका ओलीले पार्टीका आन्तरिक बैठक र भेला तथा सभाका लागि पनि समान हैसियतमा अध्यक्षता गर्ने व्यवस्था विधानले पारित गरेको छ । यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल र ओलीले आलोपालो पार्टीका सभा बैठकमा अध्यक्षता गरिने बताइएको थियो ।
पार्टी एकीकरणपछि पनि पूर्वएमाले अध्यक्ष ओली शक्ति सर्वोच्चता कायम गर्न सफल भएका छन् । ने क पाले विधान र नियमावली पारित गरिसकेको छ । पारित विधान तथा नियमावलीमा पार्टीको केन्द्रीय तहमा आठवटा केन्द्रीय निकायको व्यवस्था गरेको छ ।
आठ केन्द्रीय निकायहरूमा पार्टीको एकताको राष्ट्रिय महाधिवेशन कमिटी, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च रहने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया