हेटौंडा । नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपमेयरको टुंगो लगाएको छ ।
गठबन्धनको निर्णयअनुसार हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीलाई र उपमेयर कांग्रेसलाई दिने भएको थियो । नेकपा एसले हेटौंडाको मेयरको लागि अहिलेकी उपमेयर मिना लामालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
कांग्रेसले हेटौंडाको उपमेयरको लागि राजेश बानियाँ र थाहा नगरपालिकाको उपमेयरको लागि भरत गोपालीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया