हाेला त मेडिकल कलेज राष्ट्रियकरण?

काठमाडाैं-नेकपाका चार भ्रातृसंस्थाले निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी बनाउन माग गरेका छन् ।

वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघका अध्यक्ष रमेश पौडेल, अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले नौबुँदे संयुक्त विज्ञप्ति जारी गर्दै सबै मेडिकल कलेज राष्ट्रियकरण गर्न माग गरेका हुन् ।

स्वास्थ्यलाई राज्यको मौलिक हकका रूपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधानअनुसार निजी मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी ट्रस्टमा रूपान्तरण गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।आजको नयाँ पत्रिकामा  खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?