एमालेबाट मुस्ताङमा उम्मेदवार टुंगिए

लोकपथ
70
Shares

पोखरा । नेकपा एमालेले मुस्ताङका सबै पालिकामा उम्मेदवार टुंग्याएको छ । सर्वसम्मत सिफारिस भएका सबै उम्मेदवार प्रदेश कमिटीले अनुमोदन गरेको हो ।

मुस्ताङमा पाँच पालिका छन् । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको अध्यक्षमा रिन्जिन गुरुङ र उपाध्यक्षमा दिकी गुरुङले टिकट पाएका छन् ।

लो घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा छिरिङ ल्हामो गुरुङ उम्मेदवार बने । विष्टले दोहोर्‍याएका हुन् भने गुरुङ जिल्ला समन्वय समिति प्रमुखबाट राजीनामा दिएर पालिका रोजेकी हुन् ।

लोमान्थाङको अध्यक्षमा टसीनुर्वु गुरुङ र उपाध्यक्षमा छिमी विष्ट, थासाङको अध्यक्षमा प्रदीप गौचन र उपाध्यक्षमा सुमिता शेर्पा उम्मेदवार भए । यस्तै, घरपझोङको अध्यक्षमा सन्जयकुमार थकाली र उपाध्यक्षमा मिमकुमारी शेरचनले टिकट पाए ।

यसअघि मुस्ताङमा दुई पालिका कांग्रेस, दुई पालिका एमाले र एउटा स्वतन्त्र उम्मेदवारले जितेका थिए । स्वतन्त्र उम्मेदवारीपछि एमाले प्रवेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?